अहिले सिङ्गो राजनीतिप्रति नै वितृष्णा पैदा हुने अवस्था बनेको छ - माधव नेपाल [भिडियो]
नेपालमा वामपन्थी र कम्युनिस्ट आन्दोलनको राम्रो सम्भावना छ
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १२ शनिबार
556
Shares
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा वामपन्थी र कम्युनिस्ट आन्दोलनको राम्रो सम्भावना रहेको बताएका छन् । शनिबार काठमाडौँमा एकदेव आलेको ५६ औँ स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अझै कम्युनिस्ट पार्टीको जनतामा राम्रो प्रभाव रहेको बताए । उनले अहिले कम्युनिस्ट पार्टीप्रति मात्रै नभइ सिङ्गो राजनीतिप्रति नै वितृष्णा पैदा हुने अवस्था बनेको बताए ।
उनले कम्युनिस्ट पार्टी एकताबद्ध भएर अगाडि बढेको भए र कम्युनिस्ट पार्टीले पाएको अवसरको राम्रो सदुपयोग गर्न सकेको देशमा अचम्मको परिवर्तन गर्न सक्ने अवस्था रहेको बताए । देश सङ्कटमा परेको बेलामा कम्युनिस्ट पार्टीको आवश्यक हुने बताए ।
उनले भने, ‘अहिलेको राजनीतिमा थुप्रै विसङ्गतिहरू छन् । ती विसंगतिहरुसँग जुध्ने काम ग¥यौँ भने बल्ल उनप्रति सच्चा श्रद्धाञ्जली हुन सक्दछ । अवश्य पनि नेपालमा वामपन्थी र कम्युनिस्ट आन्दोलनको राम्रो सम्भावना छ । कम्युनिस्ट पार्टीको जनतामा राम्रो प्रभाव छ । तर त्यो प्रभाव कताकति कम्युनिस्ट पार्टीप्रति मात्रै होइन, सिङ्गो राजनीतिप्रति नै वितृष्णा पैदा हुने अवस्था पनि बनेको छ । कम्युनिस्ट पार्टी एकताबद्ध भएर अगाडि बढेको भए र यो कम्युनिस्ट पार्टीले पाएको अवसरको राम्रो सदुपयोग गर्न सकेको भए हामी अचम्मको परिवर्तन गर्न सक्थ्यौँ । जनताले चाहे बमोजिमको परिवर्तन । देश र जनताको समस्यालाई जसले सम्बोधन गर्दछ, जनताले उसैलाई सम्मान गर्छन् । देश सङ्कटमा छ भने कम्युनिस्ट पार्टी चाहिन्छ ।’