चन्द्रपुर । दुर्घटनाको जोखिम न्यूनीकरण गर्न रौतहट ट्राफिकले अभियान संचालन गरेको छ । शीतलहर र हुस्सुका कारण सवारी दुर्घटनाको जोखिम उच्च भएकोले चालकहरुले नजिकको दृष्य पनि नदेखदा अन्य बेला भन्दा बढी दुर्घटनाको जोखिमसमेत बढेका कारण रौतहट ट्राफिकले दुर्घटना कम गर्न उद्देश्यका साथ दुर्घटना न्यूनीकरण अभियान थालेको हो ।
अभियान अन्तर्गत सवारी साधनमा रिफ्लेक्टिभ स्टिकेर टास्ने,सवारी चालकको स्वास्थ परिक्षण गर्ने, इन्डिकेटर बत्ती बालेर बिस्तारै सवारी चलाउन अनुरोध गर्ने र ओभर टेक गरेर सवारी नचालाउन आग्रह गरिएको ट्राफिक प्रहरी कार्यालय रौतहटका कार्यालय प्रमुख प्रहरी निरिक्षक लोकेन्द्र अधिकारीले जानकारी दिए ।
ट्राफिक कार्यालयले जिल्लाका विभिन्न पालिका अन्तर्गतका विद्यालयमा दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रमसमेत गर्दै आएको छ ।
आर्थिक वर्ष २०८१र८२ को पुष मसान्तसम्म ३ सय ८५ वटा सवारी दुर्घटनामा ३१ जनाले ज्यान गुमाए भने ६१० जना घाइते भएको निरीक्षक अधिकारीले जानकारी दिए ।