arrow

सैन्य विमानबाट अमेरिकाले थाल्यो आप्रवासीलाई देश निकाला, ५८३ पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १२ शनिबार
trump-sign-25.jpg

काठमाडौँ । डोनाल्ड ट्रम्प प्रशासनले अवैध आप्रवासीहरुविरुद्ध लगातार कारबाही गरिरहेको छ। यसैबीच अमेरिकामा सयौँ अवैध आप्रवासीलाई पक्राउ गरी देश निकाला गरिएको छ । 

ह्वाइट हाउस प्रेस सेक्रेटरी क्यारोलिन लेभिटका अनुसार अमेरिकी अधिकारीहरूले ५३८ गैरकानूनी आप्रवासीलाई पक्राउ गरेको र सयौंलाई सैन्य विमान प्रयोग गरेर देश निकाला गरिएको छ । 

क्यारोलिन लेभिटले भनिन्, ‘ट्रम्प प्रशासनले एक संदिग्ध आतंकवादी, ट्रेन डे अरागुआ गिरोहका ४ सदस्यहरू र नाबालिगहरू विरुद्ध यौन अपराधमा दोषी ठहरिएका धेरै अवैध आप्रवासीहरू सहित ५८३ अवैध आप्रवासीहरूलाई पक्राउ गरेको छ।’

‘ट्रम्प प्रशासनले सयौं गैरकानूनी आप्रवासीहरूलाई सैन्य विमानमार्फत देश निकाला गरेको छ, इतिहासको सबैभन्दा ठूलो निर्वासन अभियान राम्रोसँग चलिरहेको छ, निर्वाचनमा जे वाचा गरिएको थियो, त्यो वाचाहरू पूरा गरिदैँछ’ उनले भनिन् ।  

ह्वाइट हाउसले थप भन्यो कि यो सरकारले देशको सिमाना सुरक्षित गर्न के गरिरहेको छ भन्ने सानो झलक हो ।

डोनाल्ड ट्रम्पले राष्ट्रपति बनेलगत्तै धेरै महत्त्वपूर्ण निर्णय लिएका थिए। सबैभन्दा पहिले उनले बाइडेन प्रशासनका ७८ वटा निर्णय रद्द गरेका थिए । 

सो क्रममा अमेरिका–मेक्सिको सीमामा राष्ट्रिय संकटकाल घोषणा गरिएको छ भने ट्रम्पले मेक्सिकोको सिमानामा फेरि पर्खाल बनाउने घोषणा गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ