कुमारी बैङ्क र लुम्बिनी मेडिकल कलेजबीच सेवा शुल्कमा विशेष छुटको सम्झौता
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १० बिहिबार
560
Shares
काठमाडौँ। कुमारी बैङ्क लिमिटेड र लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेड, पाल्पाबीच बैङ्कका ग्राहकलाई हस्पिटलबाट प्रदान गरिने सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ।
सम्झौताअनुसार, कुमारी बैङ्कका ग्राहकहरूले हस्पिटलका निम्न सेवाहरूमा छुट प्राप्त गर्न सक्नेछन्:
ओपिडी टिकट र सामान्य बेड शुल्कमा २५% छुट।
आइसियु, शल्यक्रिया तथा एक्स–रे/युएसजी सेवामा १०% छुट।
ल्याब टेस्टमा ५% सम्म छुट।
कुमारी बैङ्कले विगत २३ वर्षदेखि देशभरका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर, र ५४ शाखारहित बैङ्किङ इकाईमार्फत आफ्ना ग्राहकलाई सहज, सुरक्षित, र अत्याधुनिक सेवा प्रदान गर्दै आएको छ। बैङ्कले आगामी दिनमा पनि सरल र उत्कृष्ट सेवा प्रदान गर्नका लागि यस्ता सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।