arrow

आगलागीबाट आठ लाखको क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १० बिहिबार
aaglagi-dhading-picby-rajaram-sharma.jpg
फाइल तस्बिर

पोखरा । स्याङ्जामा आज बिहान करिब ५ः३० बजे आगलागी भएको छ ।

अर्जुनचौपारी गाउँपालिका वडा नं ५ गैराथरस्थित सूर्यप्रसाद पौडेलको जस्ताले छाएको दुई तले कच्ची गोठमा आगोलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट गोठ जली नष्ट भएको छ भने गोठमा रहेका एक भैसी, एक पाडो र दुई बाख्रा मरेका छन् ।

साथै आगलागीबाट एक गोरू घाइते भएको र २० भारी पराल जलेर सखाप भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिप्रसाद पौडेलले जानकारी दिए ।

डीएसपी पौडेलका अनुसार आगलागीबाट करिब आठ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । कुँडो पकाउने क्रममा आगोलागी भएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ