arrow

चार समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ९ बुधबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ। आज चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दैछ । 

बैठकमा नेपालमा हिउँदको समयमा हुने डढेलो प्रकोपको क्षति न्युनिकरण पूर्वतयारीका सम्बन्धमा सरोकारवाला निकायहरुसँग छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफाबार छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा सिमेन्ट उत्पादन तथा बजार मूल्य सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ