arrow

लामाटारमा केएमसीबाट निःशुल्क स्वास्थ्य परीक्षण 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ८ मंगलबार
kmc-81-10-8.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले ललितपुरको लामाटारमा निःशुल्क स्वास्थ्य उपचार गरेको छ । 

ललितपुरको लामाटारमा केएमसीले निःशुल्क उपचार गरेको हो । महालक्ष्मी नगरपालिका वडा नं ९ को आयोजनामा सिस्नेरी माविको प्राङ्गणमा भएको उक्त स्वास्थ्य शिविरमा ५ सय ८३ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । 

शिविरमा ७८ जनाको ल्याब परीक्षण, ८६ जनाको अल्ट्रासाउन्ड, ६४ जनाको ईसीजी गरिएको थियो । 

त्यस्तै २१ जनाको दाँत खोलिएको थियो । 

डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ