arrow

काँध थाप्दै आएको क्यानले सन्दीप लामिछानेलाई गर्‍यो कारबाही

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ८ मंगलबार
sandeep-lamichhane-100-wkt.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडी सन्दीप लामिछानेलाई कारबाही गरेको छ । आचारसंहिता उल्लङ्घनको आरोपमा क्यानले लामिछानेलाई कारबाही गरेको हो । 

क्यानले उनलाई एक खेल खेल्न प्रतिबन्ध लगाएको छ । सन्दीपले जय ट्रफी एलिट कपमा अम्पायरको निर्णयमा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

बागमती प्रदेशको कप्तानी गरेका सन्दीपले अम्पायरहरूले गलत निर्णय गरेको आरोप लगाउँदै सार्वजनिक रूपमा आफ्नो असन्तुष्टि पोखेका थिए । 

अम्पायरको निर्णयको आलोचना गर्नु क्यानको आचारसंहिताको उल्लङ्घन मानिन्छ।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार म्याच रेफ्री र प्राविधिक समितिको सिफारिसमा सन्दीपलाई तीन डिमेरिट अंक दिइएको हो । यस निर्णयअनुसार अब सन्दीपले क्यानको आयोजनामा हुने जुनसुकै प्रतियोगिताको एक खेल खेल्न पाउने छैनन् ।

सन्दीपले सामाजिक सञ्जालमा समर्थन गर्ने प्रशंसकहरूप्रति आभार व्यक्त गरेका छन् । यद्यपि यो प्रकरणपछि कतिपयले उनले संन्यास लिने अड्कलसमेत गरेका थिए ।

पछिल्लो समय उनले व्यक्तिगत कारणले मोबाइल नम्बर परिवर्तन गरेको र केही दिन ह्वाट्सएप खुला रहने जानकारीसमेत दिएका छन् ।

पछिल्लो समय विवाद र प्रदर्शनमा गिरावटका कारण उनले चुनौती सामना गरिरहेका छन् । 

अनुशासन तोड्नमा नेपालकै नम्बर वान ठहरिएका सन्दीप त्यही आचारसंहिता उल्लंघन गरेरै आफ्नो कप्तानीमा अर्को दिन विदेशमा क्रिकेट खेल्न जानुपर्नेमा आफू छुट्टै गलत कार्यका लागि होटलबाट बाहिरिएका थिए । 

उनीमाथि काठमाडौँ जिल्ला अदालतले बलात्कार मुद्दामा दोषीसमेत देखाएको थियो । तर उच्च अदालतले भने उनलाई राहत दिएको थियो । 

अदालती प्रक्रिया जे भए पनि क्यानले भने उनको जहिल्यै पक्ष लिएको थियो । अनुशासन र आचारसंहिताको धज्जी उड्दासमेत क्यान निरीह बनेर उनलाई बचाउनमा तल्लीन रहेको थियो । 

जहिले पनि काँध थाप्दै आएको क्यान यसपालि किन असन्तुष्ट भयो भन्ने प्रश्न खडा भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ