arrow

लेखा समिति

उजुरी अध्ययनका लागि लेखा समितिले बनायो समिति [भिडियो]

गौतमको नेतृत्वमा सात सदस्यीय अध्ययन समिति गठन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ८ मंगलबार
rishikeshh.jpg

काठमाडौँ । लेखा समितिले उजुरी अध्ययनका लागि समिति गठन गरेको छ । समितिले कांग्रेस सांसद सञ्जय गौतमको नेतृत्वमा सात सदस्यीय समितिको उजुरी अध्ययन समिति गठन गरिएको हो । 

मंगलबार बसेको सार्वजनिक लेखा समितिले समिति बैठकले सात सदस्यीय समिति गठन गरेको समिति सभापति ऋषिकेश पोखरेलले बताए । उनले सञ्जय गौतमको नेतृत्वमा सात सदस्यीय समितिको उजुरी अध्ययन समिति गठन गरिएको बताए । उनले समितिमा सांसदहरू गोकुल बास्कोटा, लेखनाथ दाहाल, हरि ढकाल, मञ्जु खाँण, प्रेम आले र अमरेशकुमार सिंह सदस्य रहने बताए । 

लेखा समितिमा एक सयभन्दा बढी उजुरी परेका छन् । सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई बोलाउने निर्णय भएको बताए । उनले मन्त्री भण्डारी र सचिवलाई छलफलका लागि बुधवार बिहान ११ बजेका लागि बोलाउने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ