arrow

रोशीमा लसुन धुँदै किसान [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ७ सोमबार
farmer-garlic-(10).jpg

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको लामाबजारस्थित रोशी खोलामा किसानहरु हरियो लसुन धुन व्यस्त छन् । प्रति मुठा १०० रुपैयाँमा ठेकेदार किसानको बारीमै सो हरियो लसुन लिन आउने एक किसानले बताए ।
 
लसुनलाई आयुर्वेदमा ठूलो औषधि मानिन्छ र काठमाडौँ उपत्यकामा यसको राम्रो माग भएका कारण ठेकेदारहरु किसानको खेत खेतसम्म पुग्ने गर्दछन् ।

लसुनका पोटी अर्थात् केस्राले तरकारी स्वादिलो बनाउने मात्र होइन पेट सम्बन्धी विभिन्न विकार पनि हटाउँछ । लसुनको केस्रा मात्र होइन हरियो पात पनि त्यत्तिकै गुनिलो हुन्छ ।

लसुनको पातलाई अचार बनाउने वा तरकारीमा हालेर मज्जाले खाने पनि गरिन्छ । स्वाद मिठो मात्र होइन लसुनका हरियो पातका निकै धेरै गुन छन् ।

लसुनका पात खानाले शरीरको रोग प्रतिरोधी क्षमता बढ्छ । यसमा एलिसिन भन्ने तत्व हुन्छ जसले रोग प्रतिरोधी क्षमता वृद्धि गराउँछ ।

लसुनको पातले एक प्रकारको एन्टी बायोटिक्सकै काम गर्छ । यसमा ब्याक्टेरिया प्रतिरोधी क्षमता हुनुका साथै दुखाइ कम गर्ने तत्व पनि हुन्छ । 

यसले संक्रमणको खतरा पनि कम गर्छ । 

farmer-garlic (1).jpg
farmer-garlic (2).jpg
farmer-garlic (3).jpg
farmer-garlic (4).jpg
farmer-garlic (5).jpg
farmer-garlic (6).jpg
farmer-garlic (7).jpg
farmer-garlic (8).jpg
farmer-garlic (9).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ