arrow

गुडिरहेको बसबाट खसेर सहचालककाे मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ७ सोमबार
accident-final.jpg

पोखरा । पोखराबाट नारायणढ जाँदै गरेको बसबाट खसेर आइतबार दिउँसो युवकको ज्यान गएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं २८ का २६ वर्षका सञ्जीव बोहरा छन् । उनी बसका सहचालक भएको तनहुँ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) अशोक थापाले जानकारी दिए ।

तनहुँको म्याग्दे गाउँपालिका वडा नं ६ छबिसेमा सो घटना भएको हो । गुडिरहेको बा४ग ५८०१ नम्बरको बसबाट सहचालक बोहरा अचानक खस्न पुगेका थिए । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

बस चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको डीएसपी थापाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ