arrow

हाकिमले शक्तिकेन्द्रको रवाफ देखाउँदै माहोल बनाउन थालेसँगै घट्यो वीरगञ्ज भन्सारको राजस्व

logo
दीपेन्द्र चौहान,
प्रकाशित २०८१ माघ ६ आइतबार
birjung-custom-office.jpg
तस्बिर – फाइल ।

वीरगञ्ज ।वीरगञ्ज भन्सार कार्यालय आईसीपीले गत श्रावणदेखि पुसको महिनासम्म वार्षिक लक्ष्यको जम्मा ३६.५६ प्रतिशत राजस्व संकलन गरेको छ । यो अवधिका लागि १ खर्ब ४ अर्ब १८ करोड २९ लाख राजस्व संकलनको लक्ष्य राखेको भए पनि ८० अर्ब ५ करोड ५१ लाख मात्र संकलन हुन सकेको छ ।

मुलुकको प्रमुख आर्थिक द्वारको रूपमा परिचय स्थापित गरेको वीरगञ्ज भन्सार कार्यालयमा आउने हाकिमहरु प्राय: शक्तिकेन्द्रको आशीर्वाद प्राप्त गरेर आउने भएकोले उनीहरुले सरकारी राजस्व भन्दा व्यक्तिगत असुलीमा बढी ध्यान दिने गरेकोले विगत केही वर्ष देखि वीरगञ्ज भन्सारले लक्ष्य भेटाउन सकेको छैन ।

यो दुर्दशा हुनुको पछाडि मुलुकको अस्थिर राजनीति पनि एउटा कारण भएको र कुन बेला सरकार परिवर्तन भएर लखेटिनु भन्दा अगाडि आफ्नो दुनो सोझ्याउने प्रवृत्ति बढेको छ ।

सधै शक्तिकेन्द्रको वरिपरि रहेर कहिले मेची भन्सार त कहिले रसुवा भन्सारमा बसेर रजगज गर्दै आएका वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठक आएदेखि कार्यालयको माहौल बिग्रिएको दाबी गरिएको छ ।

गत कार्तिक महिनामा रामप्रसाद पाठकको संलग्नतामा अन्नपूर्ण ट्रेड लिंकले पैठारी गरेको १२ हजार १ सय किलो पोलार कपडालाई मलमलको बनाई न्युन राजस्व लिएर छोडिएको तीन वटा ट्रक राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिए पनि अनुसन्धानको नाममा हालसम्म झारा टार्ने काम भएको छ । यो प्रकरणमा नासु गोविन्द अधिकारीलाई भन्सार विभागले वीरगञ्ज भन्सारबाट विभागमा झिकाएर पाठकलगायत जाँचपासमा संलग्न अन्य सबैलाई चोख्याइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नजिक भएको झ्याली पिट्दै पाठकले मन पर्ने व्यापारीको एच.एस कोड परिवर्तन गरी छुट दिने र मन नपरेको व्यापारीलाई दुःख दिने नयाँ रणनीति अख्तियार गरेको व्यापारीहरुको आरोप छ ।

जङ्गलको राजा बाँदरलाई बनाएर हुँदैन म जस्तो सिंह हुनुपर्छ भन्दै आफ्ना सहकर्मी कर्मचारीहरुको खिल्ली उडाउने गरेका पाठक बेला बखत काम धन्दा छोडेर टिकटक बनाएर रमिता गर्ने गरेका छन् ।

पाठकको टोलीमा रहेका अधिकृतहरु दिब्यरञ्जन दाहाल, माधव भण्डारी, प्रकाश निरौला र दीपेन्द्र चौरसिया, नासु हरिबोल काफ्ले, सुवर्ण पौडेल र भोजराज रेग्मीलाई व्यापारीहरुले राम्रो नजरले चिन्दैनन् । 

दामोदर राठी,राजकुमार मोदी,कमल टिब्रेवाल,प्रमोद जैन, राजभक्त श्रेष्ठ र नन्द किशोर मल्ल लगायतका भन्सार एजेण्टहरु वीरगञ्ज भन्सार कार्यालयका धमिराको रूपमा चिनिन्छन् । राज्यले यिनीहरुमाथि निगरानी बढाउनुको साथै छोटो अवधिमा अकुत सम्पति आर्जनको श्रोत खोज्नु पर्ने पीडित भन्सारका कर्मचारीहरुको भनाइ रहेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका भ्रष्ट हाकिमहरुको पैसा भन्सार एजेण्ट प्रमोद जैन र राजभक्त श्रेष्ठले व्यवस्थापन गर्ने गरेको बुझिएको छ । जैनको कारोबार दुबईमा रहेकाले अधिकांश रकमको व्यवस्थापन उनले आफ्नो छोरा मोहित मार्फत गर्ने गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ