arrow

अटो दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ६ आइतबार
accident-final.jpg

धनगढी । कैलालीमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

जिल्लाको बर्दगोरिया गाउँपालिका–२ झगडपुरस्थित सडकमा भे २ स ५६६१ नम्बरको अटो र सुदूरपश्चिम प्रदेश ०१–००९ प ४०५३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा अटोमा सवार केशव आलेमगरकी ६ वर्षीया छोरी आरती आलेमगरको मृत्यु भएको छ भने ५ जना घाइते प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते ५ जनाको बर्दगोरिया अस्पताल बौनियामा उपचार भइरहेको छ । अटो र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ