arrow

६० हजार लिटर पेट्रोल बोकेको ट्रक विस्फोट, ७० जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ६ आइतबार
nigeria_violence.png

काठमाडौँ । मध्य नाइजेरियामा शनिबार पेट्रोल ट्याङ्कर विस्फोट हुँदा ७० जनाको मृत्यु भएको छ ।

“अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ७० पुगेको छ,” नाइजर राज्यको फेडरल रोड सेफ्टी कोप्र्स (एफआरएससी) का प्रमुख कुमार सुक्वामले एएफपीलाई टेलिफोनमा बताए ।

सुक्वामेले ६० हजार लिटर पेट्रोल बोकेको ट्रक शनिबार बिहान १०:०० बजे डिक्को जङ्क्शनमा दुर्घटनाग्रस्त भएको बताए ।

“अधिकांश पीडितहरू चिन्न नसकिने गरी जलेका थिए,” सुकुवामले बताए । “हामी चीजहरू स्पष्ट गर्न घटनास्थलमा छौं ।”

गम्भीर आर्थिक सङ्कटको बीचमा नाइजेरियामा १८ महिनामा पेट्रोलको मूल्य पाँच गुणा बढेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ