arrow

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ४ शुक्रबार
Accident-sign.jpg

पोखरा । पर्वतमा शुक्रबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।

मृत्यु हुनेमा पर्वतको जलजला गाउँपालिका वडा नं २ का २५ बर्षीय मनिष परियार छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका मनिषको म्याग्दीको बेनी अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पर्वत बेनीबाट मल्लाजतर्फ जाँदै गरेको ग५प ४५५६ नम्बरको मोटरसाइकल शुक्रबार बिहान १ बजे जलजला गाउँपालिका-३ मल्लाजको भुर्तुलामा दुर्घटना भएको थियो ।

मनिषको शव पोष्टमार्टम पश्चात् परिवारलाई बुझाइएको पर्वत प्रहरीका डीएसपी रबिन विष्टले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ