arrow

ललितपुरमा यी स्थानमा आज काटिदैछ बिजुली

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ४ शुक्रबार
electricity-pole-wire-81-7-.jpg

काठमाडौँ।  नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी बिजुलीको खम्बा परिवर्तन गर्ने प्रयोजनका लागि आज बिहान ९:३० देखि ४ बजेसम्म लाइन कटौती हुने जनाएको हो ।
 
प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्रको पुलचोक फिडरअन्तर्गत पर्ने इटी, महापाल, पाटन दरबार, बङ्गलामुखी, शखमूल, पाटनढोका, म¬ङ्गलबजार, छवाल क्षेत्रमा बिजुली कटौती हुनेछ । बिजुली कटौतीका कारण ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ । तोकिएको कार्य समयअगावै सम्पन्न भएको खण्डमा निर्धारित समयसीमाभन्दा पहिल्यै बिजुली आउने समेत सूचनामा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ