समाजवादी मोर्चाले काठमाडौँमा खबरदारी सभा गर्ने [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २ बुधबार
670
Shares
काठमाडौँ । समाजवादी मोर्चाले माघ १६ गते काठमाडौँमा खबरदारी सभा गर्ने निर्णय गरेको छ । बुधबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकले आगामी माघ १६ गते काठमाडौँ केन्द्रित कार्यक्रम गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपाका नेता खड्गबहादुर विश्वकर्माले बैठकमा समाजवादी मोर्चाको आठौँदेखि नवौँ बैठकको बीचको गम्भीर समीक्षा भएको जानकारी दिए । उनले समाजवादी मोर्चाको कार्यक्रमहरू केही धिमा भएकोमा अब उक्त गल्ती दोहोरिन नदिने निर्णय भएको बताए ।
उनले भने, ‘आठौँदेखि नवौँ बैठकको बीचको गम्भीर समीक्षा समाजवादी मोर्चाले गरेको छ । यो बीचमा शुरुमा समाजवादी मोर्चाको गठन, यसले कार्यक्रम लञ्चिङ गरेर देशैभर ठुलो ह्वीम क्रिएट भएको थियो । कम्युनिस्ट क्रान्तिकारी, देशभक्तहरूमा र आम जनतामा उत्साह पनि पैदा भएको थियो । त्यसको सशक्त रूपमा आओस् भन्ने थियो । यो बीचमा हाम्रा पार्टीका आन्तरिक कामका कारणले समाजवादी मोर्चाको कार्यक्रम अघि बढाउने सन्दर्भमा हाम्रो गति थोरै धिमा भयो । त्यो धिमा हुनुमा हाम्रा आफ्ना केही सीमा रहे भनेर गम्भीर समीक्षा गरेकौँ छौँ । आगामी दिनमा त्यो दोहोरिन नदिने प्रतिबद्धता छ । आगामी माघ १६ गते काठमाडौँमा एउटा भव्य समाजवादी मोर्चाको तर्फबाट कार्यक्रम गर्ने ।’