राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अधिवेशन धमाधम, काठमाडौँ, बारा र सिराहाको सकियो
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २८ आइतबार
2.6k
Shares
काठमाडौँ । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ यतिबेला अधिवेशनमा व्यस्त रहेको छ । लामो समयदेखि हुन नसकेका नेपाली कांग्रेसका भ्रातृ संगठनमा यो वर्षभित्र जसरी पनि अधिवेशन गर्ने पार्टीको निर्देशन बमोजिम धमाधम अधिवेशन चलिरहेको हो ।
सोही क्रममा अपाङ्ग संघ पनि अधिवेशनमा होमिएको हो । सबैभन्दा वृहत मानिएको काठमार्डौँ जिल्लामा पनि अधिवेशन सम्पन्न भएको छ ।
उक्त अधिवेशनले लक्ष्मी दास मघैयालाई अध्यक्ष चयन गरेको छ । त्यस्तै अधिवेशनले नौ जना क्षेत्रीय अध्यक्षहरु पनि चयन गर्न सफल भएको छ । दुईदेखि १० क्षेत्रका अध्यक्षहरु चयन भएका हुन् ।
जसमा क्रमैसँग मणिराज पौडेल, रामप्रसाद कोइराला, संगीता कोइराला, रविन्द्र खत्री, मुना गुरुङ, सुजन श्रेष्ठ, मिनराज पन्थी, सुष्मा कार्की र सरोज भट्टराई क्षेत्रीय अध्यक्षमा चुनिएका हुन् ।
कांग्रेस केन्द्रीय सदस्य तथा अपाङ्गता व्यक्ति हेर्ने निर्देशन समिति संयोजक मधु आचार्यको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो ।
सो क्रममा बोल्दै आचार्यले कांग्रेसले सबैलाई जोड्दै लैजानु पर्ने बताए । उनले कांग्रेसले सबैलाई जोड्न सक्ने इतिहासले बताइरहेको उल्लेख गर्दै अपाङ्गता भएकाहरुको हकहित सुनिश्चित गर्न पनि सबै एकढिक्का हुनुपर्नेमा जोड दिए ।
कार्यक्रमकी विशिष्ट अतिथि सांसद एवं केन्द्रीय सदस्य प्रतिमा गौतमले अधिवेशन सफलताको शुभकामना दिँदै अपांगताका मुद्दामा आफूले संसदमा साथ दिएर काम गर्ने बताइन् ।
त्यस्तै अध्यक्ष प्रकाश पन्थ, राष्ट्रिय सभा सांसद पदम परियार, काठमाडौँकी सांसद सपना राजभण्डारी जोशी लगायतले अपाङ्गता भएकाहरुको हक, हित र कांग्रेसे खेल्नुपर्ने भूमिकाका बारेमा मन्तव्य राखेका थिए ।
कार्यक्रमको संयोजन भिमसेन खत्रीले गरेका थिए ।
बारामा चुनिए दुर्गा दाहाल
बारा जिल्लाले अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले दुर्गाप्रसाद दाहाललाई अध्यक्षमा चयन गरेको छ ।
सर्वसम्मत चयन भएको कार्यसमितिको उपाध्यक्षमा रामनरेशप्रसाद यादव, सचिवमा जितेन्द्रप्रसाद पटेल, कोषाध्यक्षमा गोदावरी शाहm चयन भएका छन् ।
अधिवेशनले १० जना सदस्य पनि सर्वसम्मत चयन गरेको छ ।
सिराहामा साकी
सिराहाको पनि अधिवेशन सकिएको छ । अधिवेशनले रामजनम साकीलाई सर्वसम्मत अध्यक्ष बनाएको छ ।
त्यस्तै उपाध्यक्षमा गोपाल ठाकुर, सचिवमा लक्ष्मीनारायण शर्मा, मोहम्मद जहिर अन्सारी चयन भएका छन् । त्यस्तै तीन सदस्य चयन भएका छन् ।