ललितपुर महानगरका सबै संरचना अपाङ्गतामैत्री बनाइएको चिरिबाबुको दाबी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १७ बुधबार
832
Shares
काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको सबै संरचना अपाङ्गतामैत्री भएको बताएका छन् ।
उनले महानगरपालिकाले लगभग २३, २४ ओटा वडा कार्यालय र धेरै ओटा स्कुल अपाङ्गतामैत्री बनाइसकेको बताए ।
उनले भने, ‘अहिले हामीले ललितपुर महानगरपालिकाको जे जति संरचना बनाएका छौँ । ती संरचना सबै नै अपाङ्गतामैत्री छ । हामीले लगभग २३, २४ ओटा वडा कार्यालय बनायौँ । त्यो सबै नै अपाङ्गतामैत्री छ । हामीले धेरै ओटा स्कुल बनायौं त्यो सबै पनि अपाङ्गतामैत्री छ ।’
यस्तै, गत वर्ष अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसर पारेर अपाङ्ग भएका व्यक्तिको लागि पाटन क्षेत्र अवलोकन पनि सहज बनाउने कार्य भएको उनले जानकारी दिए ।
साथै, जलाइएको अपाङ्गतामैत्री गाडीभन्दा राम्रो प्रविधि भएको अर्को गाडी किन्नका लागि टेन्डर छापिसकेको र दुईटा दमकलका लागि पनि काम अघि बढेको उनको भनाइ छ ।
उनले भने, ‘हामीले अपाङ्गतामैत्री गाडी जुन जलाइयो त्योभन्दा पनि राम्रो प्रविधि भएको अर्को गाडी किन्नका लागि टेन्डर छापिसकेको छ । यसको साथै दुईटा दमकलका लागि पनि अघि बढेका छौँ । यस्तै कार्यमा हामी क्रियाशील भइरहेका छौँ ।’