काठमाडौँ । सभामुख देवराज घिमिरेले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई एकताका प्रतीकको रूपमा लिनुपर्ने बताएका छन् । शनिबार पृथ्वीनारायण शाहको ३०३ औँ जन्म जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले आयोजना गरेको चियापान समारोहमा सहभागी हुँदै उनले उनले नेपाल विभिन्न जातजाति, संस्कार, संस्कृतिको देश भएको बताए । नेपालको भूगोललाई एकताबद्ध गरी अरू प्रगति गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले भने, ‘हामीले एकताका प्रतीकको रूपमा लिनुपर्छ । विभिन्न जातजाति, संस्कार, संस्कृति, भएको भूगोल हो यो । यो भूगोललाई एकताबद्ध गरी अरू प्रगति गरेर लैजानुपर्छ भन्ने कुरा सिक्नुपर्छ । सदन अब बेला भएको छ, चाँडै चल्छ ।’ संसद् कहिलेबाट शुरु हुन्छ भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उनले चाँडै अधिवेशन आह्वान हुने बताए ।