धनगढी । कञ्चनपुरको दक्षिणी क्षेत्रबाट पत्रकारिता सँगै प्यारातालको पर्यटन विकासको अभियानमा क्रियाशील पत्रकार दीपेन्द्र बस्नेतलाई बिहीबार सम्मान गरिएको छ ।
पुनर्वास नगरपालिकाले आफ्नो १६ औँ नगर अधिवेशनमा ५१ वर्षीय पत्रकार बस्नेतलाई दोसल्ला र कदर पत्रका साथ सम्मान गरिएको हो ।
विगत लामो समय देखि इमानदारिताका साथ पत्रकारिता सँगै नगरको विकास निर्माणमा अतुलनीय योगदान पुगाएको भन्दै पुनर्वास नगरपालिकाले सम्मान गरेको हो ।
कञ्चनपुरको दक्षिणी क्षेत्रबाट २०५८ देखि पत्रकारितामा क्रियाशील पत्रकार बस्नेत सुदूरपश्चिमको धनगढीबाट प्रकाशित सुदूर सन्देश दैनिक समाचार दाता , महेन्द्रनगरबाट प्रकाशित फारवेष्ट टाइम्स दैनिक , विकल्प दैनिक पत्रीकामा सम्पादक र रासस पुनर्वास समाचारदाता रही सकेका पत्रकार बस्नेत नागरिक आवाज साप्ताहिक पत्रीकाका सम्पादक र हाम्रा कुरा डटकमका कञ्चनपुर समाचारदाता हुन ।
पत्रकार बस्नेत पछिल्लो डेढ वर्ष देखि पुनर्वास स्थित जैविक महत्वको प्यारा तालको पर्यटन विकासको अभियानमा सक्रिय रहेका छन् ।