arrow

बलियो राजनीतिक दलले मात्रै देश बनाउन सक्छ- महासचिव पोखरेल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २५ बिहिबार
shankar-pokhrel-28.jpg

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले बलिया राजनीतिक दलहरूले मात्रै देश बनाउन सक्ने बताएका छन् । बिहीबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा स्ववियु निर्वाचनका सन्दर्भमा आयोजित राष्ट्रिय कार्यशालामा बोल्दै उनले देश साना राजनीतिक दलहरू नभई बलिया राजनीतिक दलहरूले मात्रै बनाउन सक्ने भएकाले सोहीअनुरूप जनमतलाई धु्रविकृत गर्न जरुरी रहेको उल्लेख गरे । 

उनले मुलुकमा विकासको नेतृत्व गर्ने पार्टी नेकपा एमाले भएको बताए । देशको कुनै पनि विकासका सन्दर्भमा भिजनरी लिडरसिप, स्ट्रङ पोल्टिकल पार्टी, पोल्टिकल स्टाब्लिटी जरुरी रहेको र त्यो नेकपा एमालेसँग मात्रै रहेको उल्लेख गरे । 

उनले भने, ‘यो मुलुकमा विकासको नेतृत्व गर्ने पार्टी नेकपा एमाले हो । कुनै पनि देशको विकासका सन्दर्भका बारेमा एक प्रकारले भन्दा तीन वटा मान्यताहरू राष्ट्र निर्माणका सन्दर्भमा अपरिहार्य हुन्छ । भिजनरी लिडरसिप, स्ट्रङ पोल्टिकल पार्टी, पोल्टिकल स्टाब्लिटी । दृष्टिकोणयुक्त नेतृत्वको प्रश्नमा नेकपा एमालेसँग कसैले प्रतिस्पर्धा गर्न सक्दैन । नेकपा एमाले जस्तो बलियो पार्टी अरू कसैको छैन । यो पार्टीले मुलुकमा राजनीतिक स्थायित्व दिन सकेन भने अरू कुन पार्टीले दिन सक्छ ? त्यस अर्थमा मुलुकलाई राजनीतिक स्थायित्व चाहिएको छ । त्यो राजनीतिक स्थायित्व कसैले दिन सक्छ भने त्यो नेकपा एमाले पार्टीले मात्रै दिन सक्छ । देश बनाउने हो भने सानातिना पार्टीमा अलमलिने होइन, बलिया पार्टीतर्फ जनमतलाई धु्रविकृत गर्न जरुरी छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ