arrow

नेपालको सीमा तिब्बतको दिङ्गेमा गएको भूकम्पबाट कम्तीमा ३२ को मृत्यु, ३८ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २३ मंगलबार
earthquake-tibet-25-1-7.jpg
तस्बिर – सिन्ह्वा ।

काठमाडौँ । तिब्बतको दिङ्गे काउन्टीमा केन्द्रबिन्दू भएर गएको ७.१ रेक्टर स्केलको भूकम्पबाट अहिलेसम्म कम्तीमा ३२ जनाको मृत्यु भएको छ । 

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार ३८ जना घाइते भएका छन् । सिन्ह्वाले ६.८ रेक्टर स्केल बताइरहँदा बीबीसीले भने ७.१ रेक्टर स्केल भनिरहेको छ । 

बिहान नेपाली समयअनुसार ६ः५० बजे नेपाल–चीन सीमामा पर्ने उक्त स्थानमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार काठमाडौँबाट २२५ किलोमिटर टाढा ७ रेक्टर स्केलको भूकम्प गएको हो । दिङ्गे काउन्टी नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको छ । 

भूकम्पको काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ लगायत जिल्लामा महसुस गरिएको थियो । 

भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण घरबाहिर खुला स्थानमा निस्किएका थिए । केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले नेपालको पूर्वी सीमाबाट उत्तरतर्फ करिब एक सय किलोमिटर टाढा दिङ्गेमा शक्तिशाली भूकम्प गएको बताए ।

केन्द्रले छदेखि आठ रेक्टरस्केलको भूकम्पलाई शक्तिशाली भूकम्प भन्ने गरेको छ । 

नेपालतर्फ भने यो भूकम्पबाट कम क्षति भएको छ । 

नेपालमा विसं २०७२ वैशाख १२ गते सात दशमलव छ रेक्टर स्केलको गोरखा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । केही समयदेखि पश्चिम नेपालमा निरन्तर स–साना पराकम्पन आइरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ