arrow

ह्यारिसले आज संसदमा गर्दैछिन् ट्रम्प विजयी भएको औपचारिक घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २२ सोमबार
kamama-harris-trump.JPG
तस्बिर – फाइल ।

वासिङटन । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आज डोनाल्ड ट्रम्प नयाँ राष्ट्रपतिमा विजय भएको औपचारिक घोषणा गर्दैछिन् । अमेरिकामा गत नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचनमा ट्रम्प विजयी भए पनि अमेरिकी प्रचलनअनुसार परिणाम आएको एक महिनापछि सिनेट अध्यक्षले त्यसको जानकारी गराउने सिलसिलामा ह्यारिसले सो जानकारी गराउन लागेकी हुन् ।

उक्त निर्वाचनमा ट्रम्पले ३१२ इलेक्टोरल भोट पाएर विजयी भएका थिए भने प्रतिद्वन्द्वी कमलाले २२६ इलेक्टोरल भोटमा सीमित हुनु परेको थियो । जबकि जित हासिल गर्नका लागि राष्ट्रपतिको उम्मेदवारलाई २७० इलेक्टोरल भोट आवश्यक पर्छ ।

ट्रम्पको जित नोभेम्बर ६ मा तय भए पनि यसको औपचारिक घोषणा आज हुन लागेको हो । सो दिन अमेरिकी संसदको संयुक्त सत्र क्यापिटल हिलमा इलेक्टोरल कलेजको मत गणना हुनेछ । 

उपराष्ट्रपति कमला ह्यारिस सिनेटको अध्यक्ष भएकाले यो प्रक्रियाको अध्यक्षता उनले गर्नु पर्नेछ । डोनाल्ड ट्रम्पले जनवरी २० मा मात्रै पद तथा गोपनीयताको शपथ लिने छन् । 

शपथ ग्रहणअघि ट्रम्पले परम्परागत चलन अनुसार वर्तमान राष्ट्रपति जो बाइडेनलाई भेट्ने छन् र सरकार हस्तान्तरणका बारेमा कुराकानी गर्नु पर्ने हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ