जय ट्रफी क्रिकेट आजदेखि जनकपुर र वीरगञ्जमा, चार टिमबीच भिडन्त
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २१ आइतबार
764
Shares
काठमाडौँ । आजदेखि जय ट्रफी पुरुष एलिट कप क्रिकेट शुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जय ट्रफी आजदेखि २९ गतेसम्म मधेस प्रदेशको राजधानी जनकपुर र अर्को ठूलो सहर वीरगञ्जमा हुनेछ ।
यो प्रतियोगितामा प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष चार टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेस प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।
लिग चरणमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । क्यानका अनुसार लिग चरणका खेल दुई दिवसीय र फाइनल तीन दिवसीय ढाँचामा खेलाइने छ ।
आज दुई खेल हुँदैछन् । वीरगञ्जमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब तथा जनकपुरमा बागमती प्रदेश र मधेस प्रदेश भिड्दैछन् ।
खराब मौसमका कारण टसमा ढिलाइ भएको छ ।
मधेस प्रदेशको कप्तानी हरिशंकर साहले बागमतीको कप्तानी सन्दीप लामिछानेले नेपाल पुलिसको कप्तानी आरिफ शेखले तथा आर्मीको कप्तानी विनोद भण्डारीले सम्हालेका छन् ।