केएमसीले चन्द्रागिरीमा गर्यो छ सय बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १९ शुक्रबार
755
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले चन्द्रागिरी नगरपालिकामा निःशुल्क स्वास्थ्य उपचार गरेको छ ।
चन्द्रागिरी नगरपालिकाको वडा नम्बर ९ को आयोजनामा वडाको कार्यालयमा भएको स्वास्थ्य शिविरमा ५६८ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।
शिविरमा ६४ जनाको ल्याब परीक्षण, ८४ जनाको अल्ट्रासाउन्ड, ६८ जनाको ईसीजी गरिएको थियो । त्यस्तै २८ जनाको दाँत खोल्दा ३६ जनालाई थप परीक्षणका लागि केएमसी रेफर गरिएको छ ।
डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।