arrow

विद्याकै अघि विश्वप्रकाशले भने - सामाजिक अभिभावक देशमा चाहिएको छ [भिडियो]

राजनीतिमै आउन चाहनुभएको हो की, साथीहरूले इच्छा राख्नुभएको हो की भन्ने पनि चर्चा छ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १९ शुक्रबार
bishwaprakash-09-19.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशका पूर्वराष्ट्रपतिहरुले सामाजिक परिवर्तनका लागि काम गर्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौँमा नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको आमा सपना र ताराहरू पुस्तक विमोचन समारोहमा बोल्दै उनले यस्तो सुझाव दिएका हुन्। 

उनले देशमा दुई जना पूर्वराष्ट्रपतिहरु रहेको र उनीहरूको कर्तव्य सामाजिक रूपान्तरणमा हुनुपर्ने बताए । उनले पूर्व राष्ट्रपति द्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीले अब सामाजिक रूपान्तरणका योजनासहित समाजको नायक बन्नुपर्ने बताए । उनले पूर्व राष्ट्रपति भण्डारीप्रति लषित गर्दै उनले राजनीतिमा लाग्ने हल्ला सुनेको भन्दै स्वतन्त्रताको सम्मान गर्ने पनि बताए । उनले राजनीति भन्दा पनि अब सामाजिक परिवर्तनको झन्डा उठाउनु महत्त्वपूर्ण हुने बताए । 

उनले भने, ‘सम्माननीय पूर्व राष्ट्रपति यहाँ हुनुहुन्छ । म विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, आँखा दान गर्न मान्छेलाई प्रेरित गरे जस्तै, दाइजोले छोरीहरू जल्नबाट रोक्नुपर्ने जस्तै, बोक्सी भनेर प्रताडित हुन नलेखिएका आमाहरूको कथाहरू लेख्नका लागि, घरेलु हिंसामा परेका महिलाहरूको सन्दर्भमा सबैभन्दा बढी नायक भएर कसैले उभिनुपर्छ भने मलाई लाग्छ सम्माननीय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उभिनुपर्छ । यसको कमान्ड म सम्हाल्छु भन्न सक्नुपर्छ । सम्माननीय पूर्व राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपतिबाट भूतपूर्व भइसकेपछि के गर्ने, कहाँ जाने ? भन्दै गर्दा मलाई लाग्छ, दुई पूर्वराष्ट्रपतिज्युहरुले सामाजिक परिवर्तनको त्यो झन्डालाई उठाइदिनुपर्छ । प्रेरणाको श्रोत बन्नुपर्छ । यद्यपि राजनीतिमै आउन चाहनुभएको हो की, साथीहरूले इच्छा राख्नुभएको हो की भन्ने पनि चर्चा छ । स्वतन्त्रताको सम्मान गर्छु । तर यदि कसैले मलाई सोध्छ, तिम्रो देशको शीतल निवासबाट निस्किएको पूर्वराष्ट्रपतिहरुले के गर्नुपर्छ भन्यो भने सामाजिक अभिभावक या देशमा चाहिएको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ