arrow

एक सय ८५ रनमै रोकियो भारत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १९ शुक्रबार
rhishav-pant-ind-aus-test-2.jpg

काठमाडौँ । भारतीय क्रिकेट अहिले निकै नै अताल्लिएको देखिएको छ । अष्ट्रेलिया भ्रमणमा रहेको टिमले टेष्ट श्रृंखलामा पहिलो खेल जिते बाहेक राम्रो प्रदर्शन गर्न सकेको छैन । 

शुक्रबारदेखि पाँचौँ टेष्ट चलिरहेको छ । सिड्नीमा भइरहेको खेलमा भारतले पहिले ब्याटिङ गर्दै १८५ रनमात्र बनाएको छ । 

ऋषभ पन्तले सर्वाधिक ४० रन बनाएको इनिङ्समा रविन्द्र जडेजाले पन्तसँग पाँचौँ विकेटका लागि ४८ रनको साझेदारी गर्ने क्रममा २६ रन जोडे । 

कप्तान जसप्रित बुमराहले २२ रन बनाए । ७२ रन जोड्दा शुरुआती ४ विकेट गुमाएको थियो । 

खराब लयबाट गुज्रेका विराट कोहलीले ६९ बलमा १७ रनमात्र बनााए । नियमित कप्तान रोहित शर्माले आफूलाई खेलबाट अलग राखेका छन् । 

उनको ठाउँमा सुबमन गिल आएका छन् । गिलले ६४ बलमा मात्र २० रन जोडे । अष्ट्रेलियाका लागि स्कट बोलान्डले ४, मिचेल स्टार्कले ३ तथा पाट कमिन्सले २ विकेट लिए । 

जवाफमा अष्ट्रेलियाले सामान्य शुरुआत गरेको छ । पहिलो दिनको समाप्तिसम्म ३ ओभर सम्भव भएको खेलमा अष्ट्रेलियाले १ विकेट गुमाएर ९ रन जोडेको छ । उस्मान ख्वाजालाई कप्तान बुमराहले आउट गरेका छन् ।  

भारतीय प्रशिक्षक गौतम गम्भीरको प्रशिक्षणले गर्दा भारतीय टिम यतिबेला ध्वस्त भएको छ । उनले खेलाडीहरुलाई मिलाउन सकिरहेका छैनन् । 

रोहितको स्थानमा जसप्रित बुमराहले कप्तानी सम्हालेका छन् । बुमराहकै कप्तानीमा पहिलो खेल भारतले जितेको थियो । त्यसपछि रोहितले सम्हाल्दा एक खेल बराबरी हुँदा दुई खेल भारतले हारेको छ । 

अन्तिम खेल जित्दामात्र भारतले श्रृंखलामा बराबरी गर्न सक्नेछ । भारतले खराब लयबाट गुज्रेकै कारण आईसीसी विश्व टेष्ट च्याम्पियनशिपको फाइनल खेल्ने सम्भावना गुमाएको छ । 

आफूले आफैलाई खेल्ने ११ जनाको टिमबाट नाम हटाउने रोहित पहिलो कप्तान हैनन् । यसअघि धेरैले यसो गरेका छन् । तर कप्तान भनेको समग्र टिमको जिम्मा लिने खेलाडी हो । 

अब यसरी आफूलाई हटाएपछि रोहित फेरि टेष्टमा फर्केलान् कि सन्यास लेलान् त ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ