नबिल बैङ्कका ग्राहकलाई भिभान्ता होटेलमा १० प्रतिशतसम्म छुट
रासस,
प्रकाशित २०८१ पुष १७ बुधबार
611
Shares
तस्बिर : फाइल
काठमाडौँ। नबिल बैङ्क लिमिटेडका ग्राहकले भिभान्ता होटेलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने भएका छन्। नबिल बैङ्क र भिभान्ता होटेल बीच भएको दुई पक्षीय समझदारी अनुसार यस्तो व्यवस्था गरिएको हो।
नबिल बैंकको तर्फबाट फुलचोकी क्लस्टर विभाग प्रमुख अमत्र्य ओजश्वी उपाध्याय र भिभान्ता होटेलको तर्फबाट महाप्रबन्धक रवि निश्चलले समझदारीमा हस्ताक्षर गरेका छन्।
समझदारीअनुसार नबिल बैङ्कका ग्राहकले नबिलको डेबिट कार्ड, क्रेडिट कार्ड, एनबैङ्क, एटिएम कार्ड तथा बैङ्कबाट पैसा ट्रान्सफर गर्दा १० प्रतिशतसम्म छुट दिइने भएको छ। यस्तो छुट खाना, पेय पदार्थ तथा स्पा सेवामा हुने समझदारीमा उल्लेख गरिएको छ।
नबिल बैङ्क नेपालको एक अग्रणी वाणिज्य बैङ्क हो भने भिभान्ता होटेल आतिथ्य सेवा (हस्पिटालिटी) उद्योगमा विशिष्ट सेवा दिने परिचित संस्था हो। भिभान्ता होटेलसँगको यस समझदारीले बैङ्कका ग्राहकहरूले लिने सेवा तथा सुविधामा विशेष सहुलियत पुग्ने नबिल बैङ्कले जनाएको छ। ग्राहकको हितलाई केन्द्रमा राखेर यो समझदारी गरिएको नबिलको भनाइ छ।
नबिल बैङ्क नेपालको अग्रणी वाणिज्य बैङ्कहरूमध्ये एक हो । बैङ्कले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३२० एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ। नबिल बैङ्कले ४० वर्ष देखि नेपाली बैङ्किङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्त्वपूर्ण भूमिका खेलेको छ । बैङ्कले नेपालको बैङ्किङ विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ।