arrow

विप्लवको पार्टीले निर्वाचनमा भाग लिने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १६ मंगलबार
biplav-09-11.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचनमा भाग लिने भएको छ । हालै सम्पन्न केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्दै चन्द नेतृत्वको नेकपाले निर्वाचनमा भाग लिने भएको छ ।

‘२०८४ को निर्वाचनमा पार्टी दर्ता गरेर उपयुक्त निर्वाचन लिइनेछ’ सो पार्टीका प्रवक्ता खडगप्रसाद विश्वकर्माले जानकारी दिए ।

पुष्पकमल दाहाल प्रचण्डको मूल पार्टीबाट छुट्टिएपछि विप्लव चुनावमा उत्रेका छैनन् । चुनाव हुन लामो समय बाँकी रहँदा विप्लवले उक्त घोषणा गरेसँगै पार्टी जनतामाझ भव्य तरिकाले पुग्ने अपेक्षा गरिएको छ । 

हालैमात्र पार्टीले स्वदेशी पोशाकमात्र लगाउने निर्णय गरेको थियो । 

विश्वकर्माका अनुसार पार्टीले फागनु २१ गतेदेखि झापा–कञ्चनपुरसम्मको जनमार्च गर्ने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ