च्याउको चियादेखि मम, छोइला र सुकुटीसम्म [फोटोफिचर]
७० जिल्लामा च्याउ खेती विस्तार, ४० जिल्लामा व्यावसायिक उत्पादन गर्ने किसान, १०० देखि ३० हजार रुपैयाँ किलोसम्मको च्याउ बिक्री
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १५ सोमबार
726
Shares
काठमाडौँ । च्याउ किसानको जागरुकता व्यवसायिक उत्पादनमा आत्मनिर्भर नाराका साथ राष्ट्रिय च्याउ दिवस २०८१ मनाइएको छ । हरेक १५ पुसमा नेपालमा ‘राष्ट्रिय च्याउ दिवस’ मनाइने गरिन्छ ।
च्याउ उत्पादक किसान संघका अनुसार नेपालका ७० जिल्लामा च्याउ खेती विस्तार भएको छ भने ४० जिल्लामा व्यावसायिक उत्पादन गर्ने किसान छन् ।
च्याउ दिवसमा च्याउका विभिन्न परिकारहरूको काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शन गरिएको छ । स्याउको चियादेखि च्याउको मम, च्याउको छोइलादेखि च्याउको सुकुटीसम्मको परिकार स्थलमा राखिएको थियो ।
उक्त च्याउ दिवसमा १०० रुपैयाँ किलोदेखि ३० हजार किलोसम्मको च्याउ बिक्री वितरणमा राखिएको थियो ।