डेढ किलोको चरो ठोक्किएर डेढ लाख किलोको जहाज भुइँमा, १७९ जनाको मृत्यु, यात्रुलाई पहिले नै जानकारी
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १५ सोमबार
2.2k
Shares
सोल । आइतबार बिहान दक्षिण कोरियामा शोकको वातावरण थियो । जहाँ १८१ जना सवार विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो ।
विमान धावनमार्गबाट चिप्लिएर बाउन्ड्री बारमा ठोक्किएपछि आगलागी भएको थियो । यस दुर्घटनामा १७९ जनाको ज्यान गएको थियो भने दुई जना मात्र बाँच्न सफल भएका छन् ।
दुर्घटनापछि पीडितका परिवार र साथीहरू विमानस्थलमा भेला भएका थिए । धेरै परिवारहरू आफ्ना प्रियजनहरूको खोजीमा निराश देखिन्थे । यस विमानमा एक व्यक्ति पनि थिए जसलाई पहिले नै आफ्नो मृत्युको डर भइसकेको थियो ।
उनले विमान भित्रबाट यस्तो सन्देश पठाए, यो पढेपछि परिवारका सदस्यहरु स्तब्ध भए र उनीहरु दौडेर एयरपोर्ट पुगेका थिए ।
वास्तवमा एयरपोर्टमा उपस्थित एक परिवारले भने कि दुर्घटना हुनु केही मिनेटअघि उनीहरूलाई विमानमा सवार व्यक्तिबाट सन्देश प्राप्त भएको थियो, जसमा विमानको पखेटामा चरा अड्किएको लेखिएको थियो ।
विमान दुर्घटना हुनुअघि बिहान ९ बजे पठाइएको सन्देशमा उनले लेखेका थिए, ‘चरा पखेटामा अड्किएको छ, हामी अवतरण गर्न सकेका छैनौँ ।’
कोरिया टाइम्सको एक रिपोर्ट अनुसार जब ती मानिसलाई यो कति समय अघि भएको थियो भनेर सोधियो, उनले करिब एक मिनेट भन्ने जवाफ दिँदै लेखेका थिए, ‘अब, मैले इच्छा दरिलो बनाउनुपर्छ र भगवानसँग प्राथना गर्नु बाहेक कुनै उपाय मसँग छैन ।’
चरा ठोक्किएर विमानको ल्यान्डिङ गियर फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले आशंका गरेको छ ।
यो दुर्घटनाले सिंगो देशलाई स्तब्ध बनाएको छ ।
दक्षिण कोरियामा भएको यो जेजु एयरलाइन्सको विमान दुर्घटनाले परिवारका सदस्य र नागरिकमा गहिरो शोक फैलाएको छ । मृतकका परिवारजनमा समवेदना प्रकट गर्दै यस दुखद घटनाको विस्तृत अनुसन्धान भइरहेको त्यहाँको सरकारले जनाएको छ ।
डेढ किलोको चराले खसाल्यो ढेढ लाख किलोको विमान
खासमा उक्त चरा मात्र डेढ किलोको थियो । तर उसले डेढ लाख किलोको जहाज खसालेको छ ।
खासमा विमानमा अलिकति पनि बाहिरी चिज ठोक्किँदा क्र्यास भैहाल्छ । यो निकै खतरनाक छ । धेरैजसो विमानमा यो समस्या देखिएको छ ।
यतिसम्म कि नेपालमा पनि यो समस्या हुँदै आएको छ । विमान जतिसुकै ठूलो किन नहोस् उसलाई बचाउन मुस्किल हुँदै आएको छ ।
घटनाअघि नै पाइलटले ‘बर्ड स्ट्राइक’ भनी सन्देश पठाएका थिए । चरा ठोक्किनुलाई बर्ड स्ट्राइक भनिन्छ । कोरियाको उक्त घटनामा बर्ड स्ट्राइक नै भएको अनुमान गरिएको छ ।
१.८ किलोको चरा यदि उडिरहेको विमानमा ठोक्किन्छ भने ३.५ लाख न्यूटन फोर्स पैदा हुन्छ । बन्दुकबाट निस्केको गोलीभन्दा १३० गुणा बढी शक्ति पैदा हुन्छ ।
इन्जिनमा ठोक्किए अझ बढी खतरा हुन्छ । विमानको पावर प्लान्ट र गियरमा समस्या हुनेसमेत गर्दछ ।
सन् १९०५ देखि बर्ड स्ट्राइक देखिन थालेको हो । त्यसयता निरन्तर समस्या हुँदै आएको छ ।