arrow

रहेनन् मानवताका खानी

सय वर्षे अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन

कयौँ वर्षसम्म आफ्नो संस्था कार्टर सेन्टर मार्फत मानवताको काम गरेका उनी सन् २००२ मा नाेबेल शान्ति पुरस्कारबाट सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १५ सोमबार
jimmy-carter.jpg

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन भएको छ । उनको सय वर्षको उमेरमा आइतबार राति अबेर निधन भएको हो । 

उनको जर्जियास्थित आफ्नै निवासमा निधन भएको हो । उनी क्यान्सर पीडित थिए । 

सन् १९२४ को अक्टुबरमा जन्मेका कार्टर सन् १९७७ देखि १९८१ सम्म अमेरिकाको ३९ औँ राष्ट्रपति भएका थिए । 

अमेरिकी इतिहासमा सबैभन्दा बढी समय जीवित रहने राष्ट्रपति उनी नै हुन् । कार्टर केही समय मेलानोमा बिरामी पीडित थिए । यो एक प्रकारको छालाको क्यान्सर हो । यो क्यान्सर उनको कलेजो र मस्तिष्कसम्म फैलिसकेको थियो । 

सन् २०२३ मा उनले हास्पिस केयर लिने फैसला गरेका थिए । अर्थात् उक्त केयरमा अस्पतालमा उपचार गर्न अस्वीकार गर्नु हो । तब केही स्वास्थ्यकर्मी र परिवारका सदस्य मिलेर उनको निवासमै हेरचाह गर्दै आएका थिए । 

राष्ट्रपति पद छाडेपछि कयौँ वर्षसम्म उनले आफ्नो संस्था कार्टर सेन्टर मार्फत मानवताको काम गरेका थिए । 

उनलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कारसमेत प्रदान गरिएको थियो । 


कार्टर नेपालमा पनि आएका थिए । उनी सविधान सभा निर्वाचन पर्यवेक्षण गर्न नेपाल आएका थिए । 

उनको निधनमा विश्वभरबाट शोक व्यक्त गरिएको छ । हालका अमेरिकी राष्ट्रपति जो बाइडेनले शोक व्यक्त गर्दै अमेरिका र विश्वले एक असाधारण नेता, राजनीतिज्ञ र मानवतावादी व्यक्ति गुमाएको उल्लेख गरेका छन् । 

त्यस्तै नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कार्टरको निधनमा श्रद्धाञ्जली अर्पण गर्दै देशको लागि महत्वपूर्ण समयमा जिमीले राष्ट्रपतिको रूपमा चुनौतीहरूको सामना गर्दै अमेरिकी जनताको जीवन सुधार गर्न काम गरेको लेखेका छन् । 

जिमी कार्टरका छोरा चिप कार्टरले समाचार संस्था रोयटर्सलाई जिमी आफ्ना लागिमात्र नभइ ती सबैका हिरो थिए जो शान्ति, मानवअधिकार र निस्वार्थ प्रेममा विश्वास गर्छन् भनेका छन् । 

जसरी जिमीले मानिसलाई आफ्नो साथमा ल्याउँथे त्यही कारणले आज पूरा विश्व आफूहरुको परिवार भएकोसमेत चिप कार्टरले बताएका छन् । 

जिमीको जन्म किसान परिवारमा भएको थियो । उनी सन् १९६० मा राजनीतिमा आए । १९७१ मा पहिलो पटक राज्यको गभर्नर बने । ६ वर्षपछि रिपब्लिकन पार्टीका राष्ट्रपति जेराल्ड फोर्डलाई हराएर राष्ट्रप ितबने । 

उनको कार्यकालमा उनले कयौँ ठूला चुनौतीको सामना गरेका थिए । सो समयमा शीतयुद्धको तनाव, तेलको अस्थिर भाउ र नश्लीय समानता तथा महिला अधिकारलाई लिएर अमेरिकी राज्यहरुमा आन्दोलन चर्किएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ