arrow

चट्याङ लागेर चार जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १५ सोमबार
lightning-always.jpg
फाइल तस्बिर

बैतडी । बैतडीमा शनिबार चट्याङ लागेर चार जना घाइते भएका छन् ।

जिल्लाको शिवनाथ गाउँपालिका वडा नं २ पोखरास्थित गोपाल दमाईंको घरमा चट्याङ पर्दा उनको परिवारका सदस्य घाइते भएका हुन् ।

गोपालकी श्रीमती ३५ वर्षीया पवानी, बुहारी २० वर्षीया कविता, १३ वर्षीय छोरा लोक र ११ वर्षीया छोरी लक्ष्मी घाइते भएका थिए ।

उनीहरु उपचारपछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ