arrow

[अपडेट] एक सय ८१ जना सवार जेजु एयरको विमान दुर्घटनामा कम्तीमा ४७ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १४ आइतबार
jju-airlines-crash-korea.jpg

सोल । दक्षिण कोरियामा आज बिहान भयानक विमान दुर्घटना भएको छ । कोरियाको योनहाप समाचार एजेन्सीका अनुसार १८१ यात्रु बोकेको सो विमान दुर्घटना हुँदा कम्तीमा ४७ जनाको मृत्यु भइसकेको छ । 

प्रारम्भिक चरणमा २८ जनाको मृत्यु भएको बताइए पनि उद्दारका क्रममा ४७ जनाको मृत्यु भइसकेको छ । 

विमान धावनमार्गबाट ​​बाहिर निस्केको र देशको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किन पुगेको थियो । समाचार अनुसार १७५ यात्रु र ६ जना उडान परिचर बोकेको जेजु एयरको विमान थाइल्याण्डबाट फर्किएको थियो र अवतरण गर्ने क्रममा दुर्घटना भएको बताइएको छ ।

उद्दार कार्य जारी रहेको जनाउँदै सो समाचार एजेन्सीले पूर्ण विवरण नआइसेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ