एक सय ८१ जना सवार जेजु एयरको विमान दुर्घटनाग्रस्त, कम्तीमा २८ को मृत्यु, उद्धार जारी
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १४ आइतबार
1.6k
Shares
सोल । दक्षिण कोरियामा भयानक विमान दुर्घटना भएको छ । कोरियाको योनहाप समाचार एजेन्सीका अनुसार १८१ यात्रु बोकेको सो विमान दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ ।
उसका अनुसार विमान धावनमार्गबाट बाहिर निस्केको र देशको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किन पुगेको थियो ।
समाचार अनुसार १७५ यात्रु र ६ जना उडान परिचर बोकेको जेजु एयरको विमान थाइल्याण्डबाट फर्किएको थियो र अवतरण गर्ने क्रममा दुर्घटना भएको बताइएको छ ।
योनहापका अनुसार उद्धार अभियान जारी रहँदा एक व्यक्ति जीवितै फेला परेको छ। उद्दार कार्य जारी रहेको जनाउँदै सो समाचार एजेन्सीले थप विवरण आउन बाँकी रहेको जनाएको छ ।