arrow

लगनमा पहिलोपटक पुग्यो बिजुली

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १४ आइतबार
khimti-substation-line-2080-2023.jpg
फाइल तस्बिर

बैतडी । बैतडीको सिगास गाउँपालिका-३ स्थित लगन बजारमा पहिलोपटक बिजुली पुगेको छ ।

गाउँपालिका र नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रको संयुक्त प्रयासमा यहाँ बिजुली पुगेको हो । 

 

लामो पर्खाइपछि बत्ती बाल्न पाएपछि स्थानीय बासिन्दा खुसी रहेका भएका छन् ।

गाउँपालिका-३  का वडाअध्यक्ष अमरसिंह धामीले पहिलोपटक बिजुली पुग्दा यहाँका बासिन्दा निकै खुसी भएका र यस्तै खुसी ल्याउन बिजुली नपुगेका ठाउँमा विस्तारका लागि पहल भइरहेको बताए ।

उनले पालिकाका ठूलीसैनी लगन, चामडाया, पैरा, मल्लीसैनीलगायतका टोलमा चाँडै बत्ती बाल्ने गरी काम भएको जानकारी दिए । 

“धेरै प्रयासपछि यहाँ विद्युत् विस्तार भएको छ, अब बाँकी रहेका टोलका लागि पनि वडा नं ३ कै चमडेखर्कमा ट्रान्सफर्मर जडानको काम भइसकेको र ती क्षेत्रमा छिट्टै बिजुली बाल्ने छौँ”, वडाअध्यक्ष धामीले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ