काठमाडौँ । कजाकस्तानमा भएको घातक हवाई दुर्घटनामा रुसको हात रहेको जनाइएको छ । अजरबैजानको प्रारम्भिक अनुसन्धानले रुसको वायु रक्षा प्रणालीले विमान खसालेको निष्कर्ष निकालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दाबी गरेका छन् ।
अजरबैजान एयरलाइन्सको फ्लाइट ८४३२ बुधबार दक्षिणी रुसको चेचन्या क्षेत्रको राजधानी ग्रोज्नी जाँदै गरेको बखतमा अक्ताउ सहर नजिकै दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको थियो । २९ जना घाइते भएका छन् ।
यद्यपि अजरबैजानले यस प्रकोपको अनुसन्धानको निष्कर्ष सार्वजनिक रूपमा घोषणा भने गरिसकेको छैन ।
‘कि रुसी एन्टी एयरक्राफ्ट मिसाइल दोषी थियो,’ युरोन्युज, द वाल स्ट्रिट जर्नल, अनाडोलु एजेन्सी र रोयटर्स समाचार एजेन्सीलगायतले विभिन्न स्रोत उल्लेख गर्दै रुसको हात रहेको जिकिर गरेका हुन् ।
‘विमानलाई रूसी प्यान्टसिर एस ब्याट्रीले प्रहार गरेको थियो किनभने यसको संचार इलेक्ट्रोनिक युद्ध प्रणालीले हमला गरेको थियो,’ प्रारम्भिक रिपोर्टमा भनिएको छ, ‘विमानमा गोली हानाहान जानाजानी हो भन्ने विश्वास गरिएको थिएन ।’
यद्यपि यसमा थप र विस्तृत छानबिन गरेपछि अजरबैजानले आफ्नो पहिलो रिपोर्ट चाँडै सार्वजनिक गर्ने जनाइएको छ ।
तर रुसले भने यसमा कुनै प्रतिक्रिया दिएको छैन । तर रुसका केही अधिकारीले भने यस आरोपको खण्डन गरेका छन् ।