arrow

अर्थ समितिको बैठक

सुरक्षित कारोबार ऐन संशोधन गर्न बनेको विधेयक समितिबाट सर्वसहमतिले पारित [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ११ बिहिबार
santosh-chalise.jpg

काठमाडौँ ।  सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक अर्थ समितिबाट सर्वसहमतिले पारित भएको छ  । बिहीबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकले उक्त विधेयकलाई सर्वसहितले पारित गरेको हो । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभाको अर्थ समितिमा आएको सुरक्षित कारोबार ऐनलाई केही संशोधनसहित पारित गरेको छ । 

समिति बैठकमा बोल्दै अर्थ समिति सभापति सन्तोष चालिसेले विधेयकका विषयमा विज्ञ,अर्थ मन्त्रालय र कानून मन्त्रालय,संशोधनकर्ता सांसदहरू र सांसदहरुबीच विधेयकका विषयमा दफावार समेत गरी लामो छलफल पश्चात् समितिले विधेयकलाई पास गरेको बताए । उनले सुरक्षित कारोबार ऐनले साना-साना घरायसी भैँसी,बाख्रा किनबेचदेखि अन्य प्रकारका कारोबारलाई समेत सुरक्षित बनाउने गरी ऐन पास भएको बताए । उनले ऐन संसद्बाट पास भएर कार्यान्वयनमा आएसँगै साना व्यापारीहरूलाई सहज र फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उनले अब बस्ने संसदमा समितिले पास गरेको विधेयक पेश गर्ने तयारी गरिने बताए । उनले अर्थ समितिमा रहेका ६ विधेयकमध्ये दुई वटा विधेयक समितिबाट पास गरेको बताए ।

उनले भने,‘ राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभाको अर्थ समितिमा आएको सुरक्षित कारोबार सम्बन्धी विधेयक हो । यो विधेयकका विषयमा समितिमा लामो समय विज्ञ तथा संशोधनकर्ता सांसदहरूको संशोधनका विषयमा छलफल गर्‍यौँ । त्यति मात्रै नभएर विधेयकका विषयमा दफावार छलफल गरी बिहीबार बसेको समिति बैठकले सर्वसहमतिले पास गरौँ । सुरक्षित कारोबार ऐनले साना-साना घरायसी भैँसी,बाख्रा किनबेच देखि अन्य प्रकारका कारोबारलाई समेत सुरक्षित बनाउने गरी ऐन पास भएको छ । ऐन संसद्बाट पास भएर कार्यान्वयनमा आएसँगै साना व्यापारीहरूलाई सहज र फाइदा पुग्नेछ । ऐन लागू भए पनि सुरक्षित कारोबार रेकर्ड राख्ने स्थानीय तहमा कार्यालय बन्ने र त्यहीबाट काम हुनेछ । अब बस्ने संसदमा पेश गर्ने तयारी गर्छौँ ।’

समितिले सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा चल सम्पत्ति धितो राखी गरिने कारोबारलाई सुरक्षित बनाउने सम्बन्धमा एकीकृत कानूनी व्यवस्था गरी चल सम्पत्ति भन्ने शब्द राखेको छ । विधेयकको दफा ८ को उपदफा १ मा सामान्य कुनै त्रुटि भए पनि भन्ने शब्दहरूको सट्टा धितो सम्बन्धी सम्झौतामा फरक नपर्ने सामान्य त्रुटि भए पनि भन्ने शब्द राखेर विधेयक पारित भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ