भारत पहिलो दिन पूरै असफल, अष्ट्रेलिया फराकिलो योगफलतर्फ
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ११ बिहिबार
665
Shares
तस्बिर – गेट्टि इमेजेज ।
काठमाडौँ । भारत विरुद्धको चौथो टेष्ट क्रिकेटमा अष्ट्रेलियाले गतिलो ब्याटिङ प्रदर्शन गरेको छ ।
मेलबर्नमा अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्दै पहिलो दिनको समाप्तिसम्म ६ विकेटको क्षतिमा ३११ रन बनाएको छ ।
१९ वर्षीय डेब्यु ओपनर खेलाडी साम कोन्सतासले ६५ बलमा ६० उस्मान खवाजाले ५७ रन बनाएको इनिङ्समा मार्नुस लाबुसांगेले ७२ रन जोडे ।
स्टेभेन स्मिथ ६८ रनमा अविजित रहेका छन् ।
जसप्रित बुमराहले ३ विकेट लिएका छन् । आकाश दीप, नितिशकुमार रेड्डी र वाशिंगटन सुन्दरले १–१ विकेट लिएका छन् ।
आईसीसी वल्ड टेष्ट च्याम्पियनशिपको फाइनलमा स्थान बनाउने सम्भावना जीवित राख्न भारतले चौथो र पाँचौँ टेष्ट जित्नैपर्ने दबाब छ । हारले भारत फाइनल होडबाट बाहिरिने छ ।
यसअघि भएको पहिलो खेल भारतले जित्दा दोस्रो खेल अष्ट्रेलियाले जितेको थियो । तेस्रो खेल बराबरीमा सकिएको थियो ।