भारत विरुद्धको चौथो टेष्टमा अष्ट्रेलियाको गतिलो ब्याटिङ
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ११ बिहिबार
565
Shares
तस्बिर – गेट्टि इमेजेज ।
काठमाडौँ । भारत विरुद्धको चौथो टेष्ट क्रिकेटमा अष्ट्रेलियाले गतिलो ब्याटिङ शुरुआत गरेको छ । मेलबर्नमा अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्दै उच्च योगफलतर्फ अगाडि बढेको हो ।
१९ वर्षीय डेब्यु ओपनर खेलाडी साम कोन्सतासले ६५ बलमा ६० उस्मान खवाजाले ५७ रन बनाएको इनिङ्सलाई मार्नुस लाबुसांगे र स्टेभेन स्मिथले अगाडि बढाइरहेका छन् ।
अष्ट्रेलिया २ विकेटको क्षतिमा सहजै दुई सयको आँकडा नजिक पुगेको छ ।
आईसीसी वल्ड टेष्ट च्याम्पियनशिपको फाइनलमा स्थान बनाउने सम्भावना जीवित राख्न भारतले चौथो र पाँचौँ टेष्ट जित्नैपर्ने दबाब छ । हारले भारत फाइनल होडबाट बाहिरिने छ ।
यसअघि भएको पहिलो खेल भारतले जित्दा दोस्रो खेल अष्ट्रेलियाले जितेको थियो । तेस्रो खेल बराबरीमा सकिएको थियो ।