arrow

हसिनालाई फिर्ता पठाउन बङ्गलादेशको आग्रह, परिवारमाथि पाँच अर्ब डलरको भ्रष्टाचार अनुसन्धान शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ९ मंगलबार
sheikh-hasina-2024.jpg

काठमाडौँ । बङ्गलादेशले विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत गरेपछि अगस्ट ५ मा भारत भागेकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन भारतलाई औपचारिक अनुरोध गरेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार बङ्गलादेशको अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार तौहिद हुसेनले भारत सरकारलाई ‘नोट भर्बेल’ मार्फत यो अनुरोध गरिएको बताए ।

“हामीले शेख हसिनालाई फिर्ता पठाउन अनुरोध गर्दै भारतलाई नोट भर्बेल पठाएका छौँ”, तौहिद हुसेनले पत्रकारहरूलाई भने । 

अगस्ट ५ मा विद्यार्थी नेतृत्वको आन्दोलनले बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनालाई हप्तौँको विरोध र झडपपछि अपदस्थ गरेको थियो । विरोध र झडपका क्रममा छ सयभन्दा बढी मानिसको मृत्यु भयो । 

छयत्तर वर्षीया हसिना भारत भाग्नुभयो र नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भयो । 

यसअघि डिसेम्बर ९ मा शेख हसिनाले बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसलाई आफ्नो सत्ताबाट बहिर्गमनमा परिणत भएको विद्यार्थी प्रदर्शनको ‘मास्टरमाइन्ड’ भएको आरोप लगाउँदै प्रदर्शन ‘सावधानीपूर्वक डिजाइन’ गरिएको बताएकी थिइन् ।

युनाइटेड किङ्गडम अवामी लिगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै हसिनाले प्रदर्शनकारीहरूको सबै माग पूरा भए पनि देशभरि अशान्ति जारी रहेको दाबी गर्दै यो योजनाबद्ध षड्यन्त्र भएको बताएकी थिइन् । 

“सन् २०२४ जुलाई ७ मा शुरु भएको विद्यार्थी आन्दोलन विद्यार्थीद्वारा शुरु गरिएको थिएन, तर मलाई सत्ताच्यूत गर्न सावधानीपूर्वक डिजाइन गरिएको विरोध प्रदर्शन थियो भनेर युनुसले आफैँ भने...उहाँ मास्टरमाइन्ड हुनुहुन्थ्यो, उनले यो षड्यन्त्र शुरु गरे किनभने सबै मागहरू पूरा भए र देशभरि विरोध प्रदर्शन भए पनि विरोधको कुनै सम्भावना थिएन...यो एक सावधानीपूर्वक षड्यन्त्र थियो”, हसिनाले दावी गरिन् । 

उनले देशको अवस्थालाई नियन्त्रण गरेकोमा अन्तरिम सरकारको आलोचना गर्दै यसलाई ‘फासिस्ट’ भन्दै बङ्गलादेशका जनतालाई उनीहरूको अधिकारबाट ‘वञ्चित’ गरिएको बताइन् । 

“आज बङ्गलादेश कठिन समयबाट गुज्रिरहेको छ । फासीवादी सरकारअन्तर्गत बङ्गलादेशका जनतालाई उनीहरूको अधिकारबाट वञ्चित गरिएको छ । सम्पूर्ण बङ्गलादेश जलिरहेको छ... आज, बङ्गलादेश नष्ट भइरहेको छ”, उनले भनिन् ।

पदच्यूत प्रधानमन्त्रीले बङ्गलादेश सरकारद्वारा कथित राजद्रोहको आरोपमा पूर्व इस्कोन पुजारी चिन्मय कृष्ण दासको हालैको गिरफ्तारीको उल्लेख गर्दै भनिन्, “उनीहरूले चिन्मय कृष्ण दासलाई गिरफ्तार गरे र उनको बचाउ गर्न कुनै प्रकारको वकिल हुन नसक्ने बताए । यो कस्तो न्याय हो ?... यसले प्रमाणित गर्छ कि बङ्गलादेशमा कानून र व्यवस्था छैन ”

अन्तर्राष्ट्रिय समुदायले घटनाक्रमलाई नजिकबाट हेरिरहेको छ । धेरैजना हसिनाको सम्भावित प्रत्यर्पणको प्रभावबारे चिन्तित छन् । 

साथै हसिना र उनको परिवारले रुस समर्थित आणविक उर्जा संयन्त्रमा कथित पाँच अर्ब डलरको घोटालाको अनुसन्धान शुरु गरेको भ्रष्टाचार विरोधी आयोगले सोमबार जनाएको छ । 

अगस्टमा क्रान्तिद्वारा पदच्युत भई भारत भाग्नुभएकी पूर्व प्रधानमन्त्री हसिनाका साथै उनका छोरा सजीब वाजेद जोय र भतिजी टुलिप सिद्दिक अनुन्धानको दायरामा परेका छन्। सिद्दिक बेलायती सांसद र सरकारी मन्त्री हुन् ।

हसिनाका राजनीतिक प्रतिद्वन्द्वी नेसनल डेमोक्रेटिक मुभमेन्ट पार्टीका अध्यक्ष बबी हजाजले उच्च अदालतमा अनुसन्धान गर्न माग गर्दै दायर गरेको रिटमा आरोप लगाइएको थियो । “हामी हाम्रो अदालतमार्फत न्याय खोज्छौँ”, हजाजले सोमबार एएफपीलाई भने ।

दक्षिण एसियाली यस देशको पहिलो प्रमुख आरोपहरू १२ अर्ब ६५ करोड डलरको रूपपुर आणविक संयन्त्रको वित्तीयकरणसँग जोडिएको छ । यसमा मस्कोले ९० प्रतिशत ऋण लगानी गरेको छ ।

हसिना र परिवारका सदस्यहरूले ‘मलेसियाका विभिन्न अपतटीय बैंक खाता’ मार्फत रूपपुर संयन्त्रबाट ‘पाँच अर्ब डलर’ दुरुपयोग गरेको आरोपबारे अनुसन्धान शुरु गरेको आयोगको सोमबारको विज्ञप्तिमा उल्लेख छ । 

आयोगले आफ्नो अनुसन्धानमा संयन्त्रको ‘अत्यधिक मूल्यको निर्माणसँग सम्बन्धित शङ्कास्पद खरिद अभ्यासहरू’ को अनुसन्धान गरिरहेको जनाएको छ ।

“किकब्याक (कसैलाई उनीहरूको मद्दतका लागि पुरस्कारका रूपमा दिइने घुस वा भुक्तानी), कुव्यवस्थापन, मनी लन्ड्रिङ र शक्तिको सम्भावित दुरुपयोगको दाबीले परियोजनाको अखण्डता र सार्वजनिक कोषको प्रयोगको बारेमा महत्त्वपूर्ण चिन्ताहरू खडा गर्दछ”, आयोगले भन्यो । 

भ्रष्टाचारका आरोपहरूमा घरविहीनहरूका लागि सरकारी भवन योजनाबाट चोरी पनि समावेश छ ।

सतहत्तर वर्षीया हसिना अगस्ट ५ मा हेलिकप्टरबाट भागेर भारत निर्वासनमा गइन् । यसले कथित ‘सामूहिक हत्या’ को मुद्दामा उनलाई परीक्षणको सामना गराउन दृढ धेरै बङ्गलादेशीलाई क्रोधित बनायो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ