arrow

सत्तरी मिलियन डलर खर्चेर १० वर्षअघि २३९ यात्रुसहित बेपत्ता विमान खोज्दै मलेसिया

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ७ आइतबार
malaysia-airlines-370.jpg
तस्बिर – फाइल ।

क्वालालम्पुर । मलेसियाले १० वर्षअघि हराएको विमान पुनः खोज्ने भएको छ । मलेसियाली सरकारले १० वर्षअघि उड्डयनको सबैभन्दा ठूलो रहस्यमा बेपत्ता भएको यात्रुवाहक जेटको खोजी पुनः शुरु गर्न सैद्धान्तिक सहमति जनाएको हो ।

मलेसिया एयरलाइन्सको उडान एमएच ३७० मार्च २०१४ मा मलेसियाको क्वालालम्पुरबाट चीनको बेइजिङका लागि २३९ यात्रु लिएर उडेको केही समय पछि बेपत्ता भएको थियो । जो आजसम्म फेला परेको छैन । 

मलेसियाको बोइङ ७७७ को भग्नावशेष पत्ता लगाउने प्रयास वर्षौंदेखि रोकिएको छ र त्यसमा सवार सयौं यात्रीका परिवार त्रासदीले अझै पनि त्रसित रहेका छन्। उनीहरुको शब भए पनि पाउने आशामा कुरिरहेका छन् । 

मलेसियाका यातायात मन्त्री एन्थोनी लोकका अनुसार हालै बसेको मन्त्रिपरिषद्ले सो विमान फेला पार्न अमेरिकामा रहेको समुद्री अन्वेषण फर्म ओशन इन्फिनिटीसँग ७० मिलियन अमेरिकी डलर बराबरको सम्झौतालाई सैद्धान्तिक रूपमा अनुमोदन गरेको छ। 

उनले भने, ‘यदि उनीहरुले यो फेला पारे भने शुल्क पाउने छन् । यी ओशन इन्फिनिटीले भग्नावशेष फेला पारेनन् भने भुक्तानी पाउने छैनन् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ