कानून, अर्थ, सामाजिक मामिला र पूर्वाधार विकास समितिको बैठक बस्दै
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ७ आइतबार
3.1k
Shares
काठमाडौँ । आज चार वटा संसदीय समितिको बैठक बस्दैछ । बिहान साढे १० बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ ।
समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल हुनेछ ।
साथै बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा सुरक्षित कारोबार ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल र सुरक्षित कारोबार ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि समितिमा दफावार छलफल हुनेछ ।
११ बजे नै बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा लैङ्गिक अल्पसख्यक समुदायहरुको पहिचान (लेस्रो लिङ्गी, ट्रान्सजेन्डर, पारलिंगी ) अधिकार र समावेशीकरण सम्बन्धमा छलफल हुनेछ ।
बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधन कर्ता सदस्यहरुसँग छलफल हुनेछ ।