arrow

सरकारले रैथाने बालीको संरक्षण र विकासका लागि पहल गर्छ- कृषिमन्त्री [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ५ शुक्रबार
krishi-mantri-adhikari-.jpg

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले ग्रामीण क्षेत्रमा उत्पादन भएको रैथाने बालीहरू स्वास्थ्यका लागि उपयुक्त रहेको बताएका छन् । उनले समय परिवर्तन भए पनि खानेकुरामा मानिसहरू रैथाने बालीमा आकर्षण बढेको बताए । उनले पछिल्लो समय पुरानो रैथाने बालीहरू खोज्दै हिँडेको बताए । उनले बाल्यकालमा आफू पनि कोदोको रोटी खाएर हुर्केको स्मरण गरे । 

उनले भने,‘समय परिवर्तनसँगै खाने कुराहरूमा परिवर्तन भएका छौँ । तर पछिल्लो समय पुरानो रैथाने बालीहरू खोज्दै हिँडेका छौँ । गाउँमा उत्पादन भएका रैथानेबालीहरु स्वास्थ्यका लागि आवश्यकता रहेछ भन्ने महसुस हुँदै आएको छ । रैथानेबालीहरुको विकासका लागि मन्त्रालय सचेत छ ।’

उनले रैथाने बालीहरूको विकास र संरक्षणको लागि सरकारले पहल गर्ने बताए । संस्थाले रैथाने बाली कोदोको विषयमा रिपोर्टिङ गर्ने ५ कृषि पत्रकारलाई सम्मान समेत गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ