arrow

घान्द्रुक जाँदै गरेको जीप दुर्घटना, घाइतेलाई हेलिकप्टरबाट पोखरा ल्याइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ४ बिहिबार
accident-final.jpg

पोखरा । पोखराबाट घान्द्रुक जाँदै गरेको जीप अन्नपूर्ण गाउँपालिका वडा नं १० बतासेडाँडामा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

घाइतेलाई उपचारका लागि हेलिकोप्टरमार्फत पोखरा ल्याउने तयारी भइरहेको वडाध्यक्ष गौतम गुरुङले जानकारी दिए ।

उनका अनुसार घाइतेलाई घटनास्थलबाट उद्दार गरी बाटोमा ल्याइएको छ । अब हेलिकोप्टर ल्याण्ड हुने स्थानसम्म पुर्याइनेछ । घाइतेको परिचय खुलिसकेको छैन ।

ग१ज ६८२१ नम्बरको जिप आज अपराह्न २ः४५ बजे दुर्घटना भएको हो । जीप सडकबाट करिब छ सय मिटर तल खसेको वडाध्यक्ष गुरुङले जानकारी दिए । जीपमा सात जना सवार रहेको बताइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ