सिटी एक्सप्रेस मनि ट्रान्सफर र दुबईको जोयालुकास एक्सचेन्जबीच रेमिटान्स सम्झौता
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ३ बुधबार
507
Shares
काठमाडौँ। दुबईको ख्यातिप्राप्त जोयालुकास एक्सचेन्ज र सिटी एक्सप्रेस मनि ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ। दुबईमा रहेका नेपालीहरूले जोयालुकास एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सकिने कम्पनीले जनाएको छ।
नेपालमा सिटी एक्सप्रेससँग आबद्ध २५ हजार भन्दा बढी एजेन्टहरूबाट सजिलै भुक्तानी लिन सकिन्छ र नेपालको जुन सुकै बैङ्कको खातामा पनि रकम जम्मा अथवा मोबाइल वालेटमा लोड गर्न सकिन्छ।
यस सम्झौताका आधारमा वैदेशिक रोजगारीमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहज र गुणस्तरीय विप्रेषण सेवा प्रदान हुने विश्वास लिन सकिन्छ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १८ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।
हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पेबाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ।