arrow

तीन संसदीय समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २ मंगलबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठकमा तिलङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा विज्ञसँग छलफल हुनेछ । 

त्यस्तै बिहान साढे ११ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरू सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ