arrow

बस दुर्घटनामा २२ जना घाइते, दुई गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ३० आइतबार
accident-final.jpg
तस्बिर – फाइल ।

बर्दिवास । महोत्तरीमा बस अनियन्त्रित भई पल्टिँदा २२ जना घाइते भएका छन् । भिठामोडबाट जनकपुर आउँदै गरेको ना ४ ख १०६९ नम्बरको बस हुलाकी राजमार्गस्थित जलेश्वर नगरपालिका– ६ रातोपुलमा दुर्घटना हुँदा २२ जना घाइते भएका हुन् । 

जनकपुर आउँदै गरेको बस एक्कासी अनियन्त्रित भइ पुलको रेलिङ तोड्दै बस पल्टिएको हो । जसमा सवारमध्ये  २२ यात्रु घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

 जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलाल प्रसाद जयसवारले घाइतेमध्ये भारत परिहारकी २२ वर्षीया सरिता यादव र कोमल राउत गम्भीर घाइते छन् ।


अन्य घाइतेको प्रादेशिक अस्पताल जलेश्वरमै उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ