arrow

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, एक घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २८ शुक्रबार
accident-final.jpg

रौतहट । रौतहटमा बिहीबार साँझ सवारी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा गौर नगरपालिका वडा नं ६ सवगडाका २२ वर्षीय सुरज साह छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौर नगरपालिका वडा नं ६ सवगडास्थित सडकमा साह सवार बीआर ०५ एक्स ४६४७ नम्बरको मोटरसाइकल र प्र.२-०३-०१३ प ६६५२ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना भएको हो ।

साथै दुर्घटनामा घाइते भएका प्र.२-०३–०१३ प ६६५२ नम्बरको मोटरसाइकल चालकको सर्वोत्तम अस्पताल वीरगन्जमा उपचार भइरहेको र दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ